घरेलु मैदानमा हुने चारदेशीय महिला फुटबल, नेपाली महिला टिमको घोषणा

काठमाडौं : घरेलु मैदानमा हुने चारदेशीय महिला फुटबल च्याम्पियनसिपका निम्ति नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार २३ सदस्यीय नेपाली टिम सार्वजनिक गरेका हुन् । नेपाली टिममा अधिकांश साफ च्याम्पियनसिप खेलाडीले निरन्तरता पाएका छन् । 

नेपाली टिममा साफ खेलेका चार खेलाडीले भने स्थान बनाउन सकेनन् । जसमा हिराकुमारी भुजेल,अमिषा कार्की,दीपा शाही र सजनी थोकर छन् उनीहरूको स्थानमा चन्द्रा भण्डारी, रेनुका हमाल, सुष्मा तामाङ र मनमाया दमाईले स्थान बनाएका छन् । सुस्मा पहिलो पटक राष्ट्रिय टिममा परेकी हुन् ।

khadya

फेब्रुअरी १७ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानविरुद्ध खेल्ने तालिका छ । यस्तै, नेपालले फेब्रुअरी २० मा लेबनानविरुद्ध खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेलमा म्यानमारविरुद्ध फेब्रुअरी २३ मा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी २६ मा हुने तालिका छ ।

नेपाली टिम

गोलकिपर : अञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ

रक्षक : अमृता जैसी, गीता रानामगर, विमला विक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी, मनमाया दमाई

मिडफिल्डर : अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, रेनुका हमाल, सुस्मा तामाङ

फरवार्ड: सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार