काठमाडौं : बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ७० हजार २ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि यस दिन नेपाली बजारमा प्रभाव परेको हो । चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९४५ रुपैयाँ रहेको चाँदी आज १९३० रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया दनुहोस्