सुनको मूल्य प्रतितोला ६ सयले बृद्धि

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य प्रतितोला  एक लाख ७० हजार नाघेको छ। आज ६ सय रुपैयाँ बढेसँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको हो। अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ थियो।

यसअघि नेपालमा कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड छ। त्यतिबेला सुनको भन्सार दर २० प्रतिशत थियो। हाल भन्सार दर १० प्रतिशत छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निम्त्याएको ‘ट्रेडवार’का कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २९ सय अमेरिकी डलर नाघेको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार