खेतमा घाँस काटिरहेकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु

बर्दिया : बर्दियामा चितुवाको आक्रमणबाट खेतमा घाँस काटिरहेकी एक महिलाको मृत्यु भएको छ। मधुवन नगरपालिका वडा नं ७ ताराताल बस्ने ५१ वर्षीया जुनाकुमारी लामिछानेले चितुवाको आक्रमणमा परेर ज्यान गुमाउनुपरेको हो ।

भारतीय सीमा नजिकै आफ्नै खेतमा घाँस काटिरहेको अवस्थामा  लामिछानेलाई चितुवाले आक्रमण गरेको स्थानीयले बताएका   छन् । घाँस काटिरहेको अवस्थामा अचानक आक्रमण गर्दा उनको घाँटीमा चोट लागेको थियो ।

Galaxy

तत्काल उद्धार गरी उपचारका लागि बर्दिया अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्तिमगरले जनाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार