नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ११ दशमलव ६४ अंकले घटेर २ हजार ६ सय ९९ दशमलव ८१ को बिन्दुमा कायम भएको हो ।

बिहीबार तीन सय १५ कम्पनीको एक करोड ८६ लाख ८० हजार तीन सय ९२ कित्ता शेयर ९२ हजार तीन सय २६ पटक खरिदबिक्री हुँदा ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार दुई सय ८७ दशमलव २७ को कारोबार भएको छ । बिहीबार ७४ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६० को घटेको छ भने नौ कम्पनी स्थिर छन् ।

Seti Hospital

फाइनान्स एक दशमलव ५८ प्रतिशतले बढ्दा अन्य सबै परिसूचक घटेका छन् । बिहीबार अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, उपकार लघुवित्त वित्तिय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार