आज पनि सुनको मूल्य प्रतितोला १६ सयले बृद्धि, चाँदीको कति ?

काठमाडौं : नेपाली बजारमा आज पनि सुनको मूल्य प्रतितोला एक हजार ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (आज) छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस अघि बुधबार सुन एक लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार