मोटरसाइकल र गाडी एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृ*त्यु

काठमाडौं : चन्द्रागिरि नगरपालिका–९ चुनदेवी चोकमा मोटरसाइकल र गाडी एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मत्यु हुनेमा बागमती प्रदेश ०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकलका चालक ३९ वर्षीय कुमार श्रेष्ठ छन् । उनी सवार मोटरसाइकल र बा ४ ख १७० नम्बरको गाडी आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको सतुंगलस्थित एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Seti Hospital

साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको बीएन्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार