बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?

काठमाडौं : अण्डाको मूल्य बढेको छ । अण्डाको खपत बढेसँगै मूल्य बढाइएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ । मंगलबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरिएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।

बजारमा मध्यम, ठूलो र एक्स–एल गरी तीन आकारका अण्डा आउने भएकाले न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढ्ने भएको पोखरेलले जनाएका छन् ।

Seti Hospital

अहिले ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ छ। आजबाट किसानले ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ पाउनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार