काठमाडौं : मलेसियामा जारी यू-१९ टी २० महिला विश्वकपको तेस्रो खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएकाे छ।
टस जितेर अस्ट्रेलियाले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको थियो। अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो।
नेपालकी कप्तान पुजा महतोले ३, सीमाना केसी २ र रिया शर्माले १ एक विकेट लिएकी थिइन्।
नेपाल सुपर ६ मा पुग्न आजको खेल जित्नै पर्छ। यसअघि सोमबार सम्पन्न दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको थियो।
पहिलो खेलमा नेपाल बंगलादेशसँग पनि पराजित भएको थियो।
प्रतिक्रिया दनुहोस्