काठमाडौं : नेपाली बजारमा सोमवार सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार १ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबारको दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमामा कारोवार भएको थियो ।
त्यस्तै,चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतवार प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा खरिद–बिक्री भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।
प्रतिक्रिया दनुहोस्