नेप्सेमा झिनो सुधार, कारोबार रकम घट्यो !

Call24News

काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार झिनो सुधार भएको छ । अघिल्लो दिनको तुलनामा १.८३ अंकले बढ्दा समग्र नेप्से २ हजार ५ सय ९५.९६ विन्दुमा बन्द भएको छ । अघिल्ला तीन कारोबार दिन दोहोरो अंकले घटेको नेप्सेमा बुधबार झिनो सुधार भएको हो । 

उक्त दिन कारोबारमा आएकामध्ये १२४ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १०८ वटाको घट्यो भने बाँकी १० वटा कम्पनीको स्थिर रह्यो ।

khadya

६३ हजार ३ सय ७४ पटकको कारोबारमा १ करोड ७ लाख ४५ हजार ४ सय २७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।

बुधबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये बैकिङ, वित्त, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र निर्जीवन बिमाको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार