गोदावरी धाममा स्नान र अवलोकन गर्न पुगेका भक्तजनहरुलाई निःशुल्क चिया वितरण

Call24News

अत्तरिया : माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरी धाममा स्नान गर्न तथा अवलोकन गर्न पुगेका भक्तजनहरुलाई निःशुल्क चिया वितरण गरिएको छ । अत्तरियामा रहेको फारवेल फुड ल्याण्ड र डोटेली संस्कृति संरक्षण समाज गोदावरीले भक्तजनहरुलाई निःशुल्क चिया वितरण गरेका हुन ।

डोटेली संस्कृति संरक्षण समाज गोदावरीले भक्तजनहरुलाई करिब ४ हजार ८०० कप चिया वितरण गरेको जनाएको छ । समाजका सचिव राजेन्द्र खड्काले गोदावरीमा स्नान गर्न आएका भक्तजनहरुलाई राहत दिने उद्देश्यले सो कार्य गरिएको बताए ।

khadya

उनले चिसोको समयमा धार्मिक आस्था र विश्वासका साथ गोदावरी पुगेका भक्तजनहरुलाई चिसोबाट बचाउन चिया वितरण गर्नुका साथै ठाउँठाउँमा मुडाहरु बाल्ने काम समेत समाजले गरेको बताए । यस्तै अत्तरियामा रहेको फारवेल फुड ल्याण्डले पनि गोदावरी धाममा पुगेका भक्तजनहरुलाई चिया वितरण गरेको छ । फारवेलले करिब २ हजार ५०० कप दुधचिया भक्तजनहरुलाई वितरण गरेको हो ।

फारवेलका सञ्चालक गणेश प्रसाद भट्टले माघे सक्रान्तीमा गोदावरी धाममा स्नान गर्न आएका भक्तजनहरुलाई लक्षित गर्दै चिया वितरण गरिएको बताए । उनले आफुले सो कार्य आत्मसन्तुष्टिका लागि गरेको पनि बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार