यू-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई

काठमाडौं : आउँदो माघ ५ गतेदेखि मलेसियामा हुने यू-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । उनीहरूलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा नेपाल क्रिकेट संघ क्यानले बिदाई गरेको हो । खेलाडीहरू भोलि त्यसतर्फ प्रस्थान गर्नेछन् ।

समूह ‘डी’ मा रहेको नेपालले जनवरी १८ मा पहिलो खेल बंगलादेशसँग खेल्नेछ । दोस्रो खेल जनवरी २० मा स्कटल्याण्ड र तेस्रो खेल जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ । विश्वकपका खेलअघि नेपालले दुई वार्मअप खेल पनि खेल्नेछ ।

khadya

पूजा महतो (कप्तान),सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनीका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव,सावित्रा धामी, तृषना विक, किरन कुमारी कुवँर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा,अनु कडायत र कृष्मा गुरुङ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार