नेप्से परिसूचक ६ अङ्कले वृद्धि

काठमाडौँ : मंगलबार सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले बढेको छ । ६ अङ्कले बजार बढ्दा परिसूचक २६४६.८४ बिन्दुमा पुगेर कारोबार रोकिएको छ ।  आज फाइनान्स समूहका कम्पनीको मूल्य बढ्यो ।

समग्रमा यो समूहको सूचक २.६५ प्रतिशतले बढेको छ । आज फाइनान्स समूहअन्तर्गत १४ कम्पनी फाइदामा गए, एउटाको मूल्य भने घटेको छ । 

khadya

आज कुल १२६ कम्पनीको मूल्य बढेको छ । यसमध्ये सप्तकोशी विकास बैंक, नाग्दी जलविद्युत्, प्रभु महालक्ष्मी इन्स्योरेन्सको मूल्यमा सर्किट लाग्यो । सिन्धु विकास बैंक र समृद्धि फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । कारोबार रकमका हिसाबले पनि आज सिन्धु विकास बैंक अग्रस्थानमा रह्यो ।

यसको आज १६ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कुल ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भयो । १०७ कम्पनीको मूल्य घट्दा आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्न पुग्यो ।   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार