तिब्बत केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युटको भूकम्प, अहिलेसम्म ९ जनाको मृत्यु

काठमाडौं : नेपाल तिब्बत सीमानजिकै गएको ७ म्याग्नेच्युडको भूकम्पले तिब्बतमा मानवीय क्षति भएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएअनुसार मंगलबार बिहानको भूकम्पको केन्द्र नेपाल नजिकै हो।

अहिलेसम्म तिब्बतमा ९ जनाको मृत्यु पुष्टि भइसकेको चिनियाँ समाचार स‌स्था ग्लोबल टाइम्सले जानकारी दिएको छ। तिब्बत र नेपालको सीमा क्षेत्रलाई केन्द्रविन्दू बनाएर मंगलबार बिहान ६ः५० बजे ७ म्याग्नेच्युडको भूकम्प गएको थियो।

SHIKHAR COOL TECH

पूर्वी पहाड, मधेस र काठमाडौं उपत्यकामासमेत केहीबेर भूकम्पको कम्पन महसुस गरिएको थियो। नेपालको पूर्वी पहाडमा अहिलेसम्म भूकम्पको क्षतिको विवरण प्राप्त भएको छैन।

सिन्धुपाल्चोकमा फुल्पिङकट्टीमा एउटा प्रहरी भवनमा क्षति पुगेको छ। अन्य स्थानमा प्रशासनले क्षतिको जानकारी लिइरहेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार