जथाभावी राखिएका होडिङ बोर्डले कुरुप बन्दै धनगढी

सावित्री जोशी

धनगढी । जथाभावी राखिएका होडिङ बोर्डका कारण धनगढी कुरुप बन्दै गएको छ । व्यवसायको प्रचारका लागि भन्दै धनगढीमा जथाभावी टाँगिएका होडिङ बोर्डका कारण धनगढी दिनप्रतिदिन कुरुप बन्दै गएको हो । 

त्यसो त धनगढीमा होडिङ बोर्डका विषयमा यथोचित नीति छैन । त्यही कुराको फाइदा उठाएर व्यवसायीहरुले मनपरी ढंगले व्यवसायको विज्ञापनका लागि होडिङ बोर्ड राख्ने गरेका छन् । अझ कतिपय होडिङ्ग बोर्ड त महिनौँदेखि च्यात्तिएका, खुइलिएका र बिग्रिएका अवस्थामा छन् । जसका कारण धनगढी झनै कुरुप देखिएको छ ।

khadya

जथाभावी राखिएका होडिङ बोर्डले व्यवसायको विज्ञापन त भएको छ, सँगै धनगढीको सौन्दर्यतालाई बिगारेको पनि छ । हाल धनगढीमा सामान्य होटल, किराना पसल, कन्सल्टेन्सी, ट्युसन सेन्टर, फेन्सी स्टोर लगायतले पनि आवश्यकता भन्दा ठूलो र ठाउँठाउँमा शहरको सौन्दर्यता नै बिगार्ने गरी होडिङ बोर्ड राखेका छन् । यसले धनगढीलाई झन् कुरुप बनाएको स्वयम् नगरपालिकाका कर्मचारीहरुले बताएका छन् । 

तर होडिङ बोर्डको मापदण्ड निर्धारण गर्ने नीति नहुँदा व्यवस्थापनमा समस्या भएको धनगढी उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले बताएका छन् । उनले धनगढीलाई सुन्दर र सफा बनाउन विज्ञापनका लागि राखिने होडिङ बोर्ड सम्बन्धी नीति आवश्यक भएको औँल्याएका छन् ।

ओझाका अनुसार धनगढीमा होडिङ बोर्ड राखे बापत विज्ञापन कर उठाउने जिम्मा ठेक्का सम्झौतामार्फत कम्पनीलाई दिइएको छ । तर कुन प्रकृतिको व्यवसायका लागि कति स्क्वायर फिटसम्मको होडिङ बोर्ड राख्न दिने भन्ने मापदण्ड नहुँदा समस्या भएको ओझाले बताएका छन् । यद्यपि आगामी आर्थिक वर्षमा होडिङ बोर्ड सम्बन्धी स्पष्ट मापदण्ड निर्धारण गर्नेगरी नीति बनाउनका लागि आवश्यक सहकार्य गरिरहेको बताएका छन् । 

धनगढीमा राखिएका अव्यवस्थित होडिङ बोर्डको व्यवस्थापन गर्न सके मात्र पनि सुन्दर शहरको परिकल्पनामा ठूलो मद्दत पुग्ने निश्चित देखिन्छ । यसर्थ पनि अव्यवस्थित होडिङ बोर्डको व्यवस्थापनका लागि उपमहानगरपालिकाले नीति नै बनाएर नियमन गर्नु अपरिहार्य भएको छ ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार