विद्युतीय चुरोटको लतमा युवा, धुवा तानेरै उडाउँछन् लाखौं रुपैयाँ

काठमाडौं : नेपाली युवा युवतीहरूमा धूम्रपानको लत निकै गाढा हुँदै गएको छ । धूम्रपान सेवनमा आएको ट्रेन्ड र सहजताले अहिलेका अधिकांश युवाहरूलाई यसको सेवनमा प्रोत्साहन मिलेको देखिएको हो ।

नयाँ प्रविधिका इलेक्ट्रोनिक सिगरेट (भेप) समय अनुकूल सेवनगर्न सकिने भएकाले युवायुवती बीच यसको माग समेत उच्चहुँदै गएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मंसिर सम्ममा मात्रै १ सय १९ केजी भेपको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

khadya

१० लाख ६४ हजार रुपैयाँको उक्त भेप आयात हुँदा सरकारले भने १२ लाख ९२ हजार रुपैयाँ राजश्व संकल नगर्न सफल भएको विभागको भनाई छ । गत आर्थिक वर्ष २०८०/८१ को सोही महिना सम्ममा भने यस्तो किसिमको चुरोट आयात भएको थिएन ।

तर, गत आर्थिक वर्षको अन्तिम सम्ममा २४ लाख ३० हजार रुपैयाँको २ सय ८१ केजी भेपको आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त तथ्याङकले गत वर्षको तुलनामा झण्डै आधा मूल्यको भेप चालु आर्थिक वर्षको ५ महिनामै भित्रिएको देखाउँछ ।

भेपको आयात यसरी बढिराख्दा आगामी दिनमा धूम्रपान सेवनको उपकरण खरिदमा करोडौं रुपैयाँ नेपाली रकम विदेश जाने देखिएको हो । विद्युतीय चुरोको मात्र नभई हुक्का, चुरोट,सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या पनि बृद्धि हुँदै गइरहेको छ ।

यो आर्थिक वर्षको मंसिर सम्म हुक्का फ्लेवर मात्रै १ करोड ४१ लाख ४० हजार रुपैयाँको १२ हजार ५६२ केजी आयात भएको छ । गत वर्षको सोही महिनामा १५ हजार ६३६ केजी हुक्का फ्लेवर १ करोड ५३ लाख ६९ हजार रुपैयाँको आयात भएको थियो ।

यसरी भेप साथै हुक्काको खपत नेपालमा बढ्दै जाने हो भने भोलिका दिनमा समस्या निम्तन सक्ने बताईन्छ । भेपको आयात साथैं बिक्री वितरण रोक्ने चर्चा भए पनि यसको कार्यान्वयन भने हुन सकेको छैन ।

विद्युतीय चुरोटको माग बढ्दो
परम्परागत चुरोटको तुलनामा विद्युतीय चुरोट सस्तो र सजिलो रूपमा उपलब्ध हुन थालिसकेका छन् । भेप एक पटक चार्ज गर्दा धेरै पटक तान्न मिल्ने, लाइटर समेत बोक्न नपर्ने र एकै सर्कोमा धेरै धुवा आउने भएकाले भेप प्रति युवा प्रेरित भएका हुन् । अहिले प्लस–२ अध्ययन गर्दा देखिनै युवा यसप्रति आकर्षित हुन थालिसकेका हुन्छन् ।

युवावर्गमा एक अर्कासँग मिलेर या साथीहरू सँगको दबावका कारण पनि विद्युतीय चुरोटको प्रयोग गर्दा भोलिका दिनमा स्वास्थ्यमा समेत ठूलो असर पुग्ने देखिन्छ। स्कुल र कलेजमा अध्ययनरत युवा–पुस्ताले ई–सिगरेट प्रयोग गर्न थाले पछि सरकारी निकाय तथा विभिन्न संस्थाले पनि रोक्न पहल गरिरहेका छन्। यद्यपि यो पहल पहलमै सीमित हुँदा यसको प्रभाव पर्नुको सट्टा सेवन गर्नेको संख्या झनै बढी रहेको छ।

नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमानार्थ सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमनगर्ने) ऐन २०७६, सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को कार्यान्वयन फितलो हुँदा यस्तो चिजहरूले प्रोत्साहन पाइरहेको धेरैको तर्क छ ।

युवाहरूमा यसको प्रयोग बढ्दो प्रवृत्तिमा देखिँदा भोलिका दिनमा समस्या हुन सक्ने विषयको मध्यनजर गर्दै यसको प्रभावलाई कम गर्नका लागि जागरूकता, शिक्षा र कानुनी कडाइको आवश्यकता देखिन्छ ।

स्वास्थ्यका लागि हानिकारक
युवाहरुले विद्युतीय चुरोटलाई पारम्परिक चुरोटको तुलनामा यसले स्वास्थ्यमा कम असर हुने भन्ने भ्रम पालेका छन्। जबकी यसको दीर्घकालीन स्वास्थ्य प्रभावहरू अझै प्रमाणित भएको छैन । जुन कुरा खानु हुँदैन त्यही खानमा लम्किने नेपालीको प्रवृत्ति देखिन्छ। जसले गर्दा विद्युतीय चुरोटलाई युवाले स्टाइल, ट्रेन्ड र नयाँ चीजको रूपमा हेर्छन्। र, सेवन पनि गर्छन् । तर, विद्युतीय चुरोटले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भनेर वास्ता गर्दैनन्।

गंगालाल अस्पतालका मुटु रोग विशेषज्ञ डा. प्रशान्त बज्राचार्यले भेपले स्वास्थ्यमा गम्भिर असर पुर्याउने बताउँछन्। ‘चुरोट छुटाउनको लागि भेप तयार गरिएको हो, भेप खाँदै जाने र बिस्तारै चुरोट छुटाउने, पछि दुवै लत हटाउने उद्देश्य भएपनि यस प्रतिको मोह झनै बढ्दै गएको छ, यसले स्वास्थ्य माफाइदा पुर्याउँदैन’उनले भने।

हुक्काको असर बढी हुने बताउँदै उनले १० वटा चुरोट खाए बराबर एउटा हुक्का रहेको पनि जानकारी दिए । हुक्का र भेपले मुटुमा ठूलो असर पुर्याउने उनको भनाई छ । बज्राचार्यले विद्युतीय चुरोटका कारण भविष्यमा मानवीय स्वास्थ्य संकट उत्पन्न हुन सक्ने पनि बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार