धान नहुने खेतमा बदामको खेती गर्दै कैलालीका किसानहरू

धनगढी : धान नहुने खेतमा बदाम खेती गरेर किसान आम्दानी गर्न थालेका छन् । कैलालीको ग्रामीण क्षेत्रका किसान बदाम खेती गरेर आम्दानी गर्न थालेका हुन् । बाढीले बालुवा पटान गरेको खेतमा उनीहरुले व्यावसायिक बदाम गर्न थालेका छन् ।

कैलालीको दक्षिणी क्षेत्रमा डुबान समस्याका कारण धान उब्जनीयोग्य कतिपय जमिन बिग्रिएको छ । त्यस्तो खेतमा बदाम खेती भइरहेको छ । त्यसले धेरथोर आम्दानी पनि भइरहेको किसानले जनाएका छन् ।

khadya

“यसवर्ष तीन क्विन्टल बदाम फलाएको थिएँ”, कैलारी गाउँपालिका–३ मोहनपुरका दिनेश चौधरीले भने, “प्रति केजी काँचो १६० र भुटेको प्रतिकेजी दुई सयमा बिक्री गरिरहेको छु ।”

उनले मान्छेहरु घरमै आएर बदाम खरिद गरेको बताए । जिल्लाको दक्षिणी क्षेत्रमा मोहना नदीले धेरैजसो खेतलाई बगरमा परिणत गरि दिएको छ । बालुवै बालुवा भएको त्यस्ता जमिनमा धान उब्जनी हुँदैन । तर बदाम भने राम्रै फल्ने गरेको किसान बताउँछन् ।

थोरै जग्गा जमिन रहेका कतिपय परिवारको गुजाराको माध्यम नै बदाम खेती बनेको छ । भएको जग्गा बालुवा बगर बनेपछि उनीहरु बदाम खेती गरेर गुजारा चलाउने गरेको जनाइएको छ । कैलारी गाउँपालिकाका कृषि शाखा प्रमुख मैँया चौधरीले बदाम खेती प्रवर्द्धनतर्फ गाउँपालिकाले हालसम्म कुनै कार्यक्रम सञ्चालन नगरे पनि किसानले यो खेती गरिरहेको बताए ।

किसानले सखरखण्ड खेती पनि गर्न थालेका छन् । मोहनपुरलगायतको गाउँमा अहिले सखरखण्ड खन्ने चटारो चलेको छ । माघी पर्व नजिकिएपछि सखरखण्डको माग भइरहेको किसानले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार