इरानी सेनाले भन्यो-अमेरिकी जहाजहरूलाई इरानी समुद्र सीमा पार गर्ने अधिकार छै‍न

काठमाडौं : इरानको सेनाले अमेरिकाले उसका बन्दरगाह बन्द गर्ने प्रयास गरेमा बदला लिने चेतावनी दिएको छ। इरानले अमेरिकाको धम्की ‘अवैध’ र ‘डकैती’को कार्य भएको बताएको छ।

समाचार एजेन्सी आईआरआईबीले जारी गरेको विज्ञप्तिमा इरानले युद्ध समाप्त भएपछि पनि होर्मुज जलडमरूमाथि आफ्नो नियन्त्रण कायम राख्ने बताएको छ।

अमेरिकासँग सम्बन्धित जहाजहरूलाई इरानी समुद्री सीमा पार गर्ने अधिकार नभएको इरानले स्पष्ट पारेको छ । इरानको सेनाले खाडी देशहरूलाई चेतावनी दिँदै भनेको छ,’यस क्षेत्रका बन्दरगाहहरूको सुरक्षा सबैको लागि हुनेछ वा कसैको लागि पनि होइन।’ उसले भनेको छ,’यदि अमेरिकी सेनाले इरानी बन्दरगाहहरूलाई निशाना बनायो भने फारसी खाडी र ओमान सागरमा कुनै पनि बन्दरगाह सुरक्षित रहने छैनन्।

राष्ट्रपति ट्रम्पले इरानलाई धम्की दिँदै अब अमेरिकाले होर्मुजको जलडमरूबाट गुज्रने जहाजहरूलाई नाकाबन्दी गर्न सक्ने चेतावनी दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार