भारतीय संसद्‌मा महिला आरक्षण विधेयक, मोदीले भने– ऐतिहासिक निर्णय

३० चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महिला आरक्षण विधेयकका सन्दर्भमा त्यहाँको संसद् नयाँ इतिहास रच्ने संघारमा रहेको बताएका छन् ।

सोमबार दिल्लीस्थित विज्ञान भवनमा आयोजित ‘नारी शक्ति बन्दन सम्मेलन’लाई सम्बोधन गर्दै उनले राज्यका विधानसभादेखि देशको संसद् सम्म महिला प्रतिनिधित्वका लागि दशकौँदेखिको पर्खाइ अब समाप्त हुन लागेको उल्लेख गरे ।

प्रधानमन्त्री मोदीले आगामी अप्रिल १६, १७ र १८ को समयलाई यस प्रतीक्षाको अन्त्य हुने महत्त्वपूर्ण क्षणका रूपमा चित्रण गरेका छन् ।

सन् २०२३ मा नयाँ संसद् भवनमा ‘नारी शक्ति बन्दन अधिनियम’ का रूपमा पहिलो कदम चालिएको स्मरण गर्दै उनले यसलाई समयमै लागु गर्न र लोकतन्त्रमा महिलाको सहभागिता सुनिश्चित गर्न अप्रिल १६ देखि संसद्को बजेट अधिवेशनको विशेष बैठक आयोजना हुन लागेको जानकारी दिए ।

यस निर्णयलाई २१ औँ शताब्दीका महत्त्वपूर्ण निर्णयमध्ये एक भएको दाबी गर्दै उनले अब महिलाहरूका लागि संसद्सम्म पुग्ने बाटो सहज बन्ने विश्वास व्यक्त गरे ।

पछिल्ला सरकारी योजनाले महिलालाई आर्थिक रूपमासमेत शक्तिशाली बनाएको र वर्तमान समयमा उनीहरूको भूमिका अझै ओझेलमा पर्न नहुने उनको भनाइ थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार