पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओललाई सघन उपचार कक्ष (आइसियु) मा सारिएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार शल्यक्रिया गरी उनको पित्तथैलीबाट २२ एमएमको ढुंगा निकालिएको थियो।
उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजी विभागका प्रमुख प्राडा दिव्यासिंह शाह, प्राडा महेशराज सिग्देलको टोलीले गरेको थियो।
उक्त टोलीमा प्राडा पलेश्वा जोशी लाखे, सहप्राडा विष्णुप्रसाद कँडेल, डा. दीपक शर्मा संलग्न थिए।
त्यस्तै एनेस्थेसियोलोजीको तर्फबाट डा. अमित शर्मा भट्टराई, डा.पंकज जोशी पनि संलग्न थिए। शल्यक्रियापश्चात् ओलीलाई आइसियुमा राखिएको अस्पतालले जनाएको छ।
आइसियुमा प्राडा प्रमेशसुन्दर श्रेष्ठ र डा हेमराज पनेरू संलग्न छन्। उनलाई चैत १४ गते अस्पताल भर्ना गरिएको थियो।




प्रतिक्रिया दिनुहोस्