पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया जारी

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ।

अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया आज जारी छ।

उनको सचिवालयका अनुसार अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया भइरहेको छ।

त्रिवि शिक्षण अस्पतालका सहनिर्देशक गोपाल सेढाईंले अध्यक्ष ओलीको आज शल्यक्रिया गर्ने बताएका थिए।

अध्यक्ष ओलीलाई प्रहरीले चैत १४ गते बिहान पक्राउ गरेको थियो। त्यसपछि उनी अस्पतालमै थिए। ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश दिएको थियो।

उनी हाजिरी जमानीमा रिहा भइसकेका छन्।

तर उनी स्वास्थ्य उपचारका लागि अस्पतालमै छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार