प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरणमा गोकुल बास्कोटाको कटाक्ष–देश लंका बनिसकेछ !

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश लंका बनिसकेको भन्दै कटाक्ष गरेका छन् । उनले डाँडाभरि लाली गुरास फुलेजस्तै मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेको भन्दै सुनको विवरणमा कटाक्ष गरेका हुन् ।


उनले भनेका छन्, ‘समृद्धि आएछ, सुशासन त्यहीँबाट आरम्भ हुन्छ ।’  उनले जहाँ कंगाल, त्यहीँ चण्डाल भन्ने अवस्था देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको पुरानो फेसबुक स्ट्याटसलाई पनि कटाक्ष गरेका छन् ।

उनले लेखेका छन्, ‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाइलो भो । देश लंका बनिसकेछ, डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ । समृद्धि आएछ–सुशासन त्यहीँबाट आरम्भ भइहाल्छ । म झनै खुसी किनकि जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ–झिक्कै झिक्कै मया तम्लाई !’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार