नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई नयाँ वर्ष अफर उपलब्ध गराउने भएको छ ।
अफरअन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुने टेलिकमले जनाएको छ । जसमा न्यु इयर लाइटअन्तर्गत ४९९ मा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।
त्यसैगरी न्यु इयर प्रिमियमअन्तर्गत ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।
दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । चैत ३० देखि आगामी वैशाख २ गतेसम्म अफरअन्तर्गत प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ ।
नयाँ वर्ष २०८३ अफर प्राप्त गर्नका लागि मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गर्न सकिने छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिन्छ ।




प्रतिक्रिया दिनुहोस्