गृहमन्त्री गुरुङले चितवनका विभिन्न ठाउँमा गरे निरीक्षण र अवलोकन

    चितवन, चैत २९–

    गृहमन्त्री सुधन गुरुङले आइतबार चितवनका विभिन्न ठाउँको निरीक्षण र अवलोकन गरेका छन् ।

    मुख्यगरी राजमार्गमा देखिएका समस्याहरुलाई छिटो हल गर्ने उद्देश्यसहित शनिबार राति चितवन आइपुगेका गृहमन्त्री गुरुङ राति नै नारायणगढ–मुग्लिन सडक खण्डमा धेरै पहिरोले समस्या निम्त्याउने घोप्टेभिर, तुईन खोलालगायतको क्षेत्रको स्थलगत अवलोकन गर्दै वर्षायाममा पुरानै समस्या नदोहोरिने गरि छिटो काम गर्न निर्देशन दिएका थिए । विपद्जन्य घटनाले लामो समय नै मुख्य राजमार्ग बन्द हुँदा समस्या भोग्दै आउनु परेकाले त्यसलाई रोक्न गृहमन्त्री गुरुङको चासो थियो ।

    भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा रात बिताएका गृहमन्त्री गुरुङले यहाँको सुरक्षाको बारेमा प्रदेश र जिल्लाका सुरक्षा निकायसंग जानकारी लिएका थिए । चितवनका सुरक्षा निकायलाई सुशासन कायम गर्न, लागूऔषधलगायतका घटनामा निर्मम ढंगले कारवाही प्रक्रिया अघि बढाउन, जनतालाई चुस्तदुरुस्त सेवा दिने विषयमा गृहमन्त्रीले निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

    गृहमन्त्री गुरुङले बाटोमा विभिन्न व्यक्तिहरुसंग भेटघाटसंगै आफू एसएलसी उत्तीर्ण गरेको विद्यालय भरतपुर–२६, ज्योतिनगरस्थित कालिका संस्कारकुलम सेकेण्डरी स्कुल पुगेका थिए । त्यहाँ शिक्षक र स्थानीयहरुले स्वागत गरेका थिए । गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन क्षेत्र नं.२ बाट निर्वाचित सांसद रवि लामिछानेको सचिवालय समेत केहीबेर पुगेर पार्टीका नेताहरुसंग भेटघाट गरेका थिए ।

    गृहमन्त्री गुरुङ पूर्वपश्चिम राजमार्ग अन्तरगत दाउन्ने सडक खण्डको निरीक्षण गर्न नवलपरासी पूर्व प्रस्थान गरेका छन् ।

    कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

    यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

    0%

    खुसी

    0%

    दु :खी

    0%

    अचम्मित

    0%

    उत्साहित

    0%

    आक्रोशित

    CP
    Ban karyalaya

    सम्बन्धित समाचार