काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई १९२ रनको लक्ष्य दिएको छ
जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा जारी खेलमा सुदूरपश्चिम ४०.४ ओभरमा १९१ रनमा अलआउट भएको हो ।
सुदूरपश्चिमका लागि नारायण जोशीले अर्धशतकीय पारी खेले । उनले ८० बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ८२ रन बनाए । हेमन्त धामीले २० र खड्क बोहराले २२ रन जोडे ।
पुलिसका लागि दिनेश खरेलले ४ र सागर ढकालले ३ विकेट लिए । कुशल भूर्तेलले २ तथा गुल्शन झाले १ विकेट लिए ।




प्रतिक्रिया दिनुहोस्