सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्दै सरकार

२९ चैत, काठमाडौं । सरकारले सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्न लागेको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले ‘सार्वजनिक खरिद ऐन संशोधन विधेयक’ को प्रारम्भिक मस्यौदा तयार पारेको छ ।

विधायन ऐन २०८१ को दफा (६) को उपदफा (२) मा विधेयक को प्रारम्भिक मस्यौदा जनताको राय लिनका लागि सार्वजनिक गर्नुपर्ने प्रावधान छ । यसअनुसार सार्वजनिक खरिद अनुगमनको कार्यालयले विधेयकको प्रारम्भिक मस्यौदा यही चैत २५ गते प्रकाशन गरेको छ । यसउपर वैशाख १ गतेसम्म राय/सुझाव संकलन गरिँदैछ ।

प्राप्त राय तथा सुझाव अनुसार मस्यौदामा केही हेरफेर गर्नुपर्ने भए गरेर मन्त्रालय हुँदै यो विधेयक मन्त्रिपरिषद् पुग्छ । मन्त्रिपरिषद्बाट स्वीकृत पाएपछि मन्त्रालयले संसद्मा पेश गर्छ । संसदले पास गरेर राष्ट्रपतिकहाँ पठाउँ र राष्ट्रपतिले प्रमाणीकरण  गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउँछ ।

विधेयकको मस्यौदामा ३८ वटा दफामा संशोधन प्रस्ताव गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार