कञ्चनपुरको बेलौरी सीमाबाट १०० लिटर अवैध डिजेल बरामद

कञ्चनपुरको बेलौरी क्षेत्रबाट प्रहरीले अवैध रूपमा भारतबाट ल्याइएको डिजेल बरामद गरेको छ। शनिबार इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले बेलौरी नगरपालिका–१ को फटिया सीमाक्षेत्रमा गस्तीका क्रममा १०० लिटर डिजेल फेला पारेको हो।

प्रहरीका अनुसार उक्त डिजेल ५०–५० लिटरका दुई जर्किनमा राखिएको अवस्थामा बेवारिसे भेटिएको थियो। बरामद गरिएको इन्धनलाई आवश्यक प्रक्रिया पूरा गरी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा पठाइएको छ।

हाल नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सीमावर्ती क्षेत्रमा इन्धनसहित अन्य दैनिक उपभोग्य वस्तुहरूको अवैध ओसारपसार बढ्दै गएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार