कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा सशस्त्रले थप्यो जनशक्ति, दैनिक ३ टोली खटिने

२८ चैत, धनगढी । सशस्त्र प्रहरीले कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा जनशक्ति थप गरेको छ । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका गुल्म तथा बीओपीलाई सुरक्षार्थ मद्दत गर्न एवंम् उनीहरुमाथि निगरानी समेत गर्नेगरि जनशक्ति थपिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय, अत्तरिया कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिगविजय सुवेदीले सीमा क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन दुवै जिल्लामा जनशक्ति थपिएको बताए ।

उनकाअनुसार दुवै जिल्लामा ९०/९० जनाका हिसाबले थप १८० जना सशस्त्र प्रहरी परिचालन गरिएका छन् । उनीहरुलाई ३०/३० जनाको समूहमा बाँडेर तीन वटा छुुट्टाछुुट्टै टोली तयार पारिएको एसएसपी सुवेदीले बताए ।

पहिलो ३० जनाको टोली दिनमा र दोस्रो टोली रातिको समयमा सीमा क्षेत्रमा खटिनेछ भने अर्को टोलीले थप मद्दतका ३० जनाको अर्को टोली दैनिक तयारी अवस्थामा राखिनेछ ।

कैलालीमा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेटक्वाटर धनगढी र कञ्चनपुरमा नं. ३५ गण हेटक्वाटर झलारीबाट टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति एसएसपी सुवेदीले सीमा क्षेत्रमा रहेका सीमा सुरक्षा गुल्म, बीओपी तथा अन्य युनिटहरूको कामकारबाहीको अनुगमनलाई थप प्रभावकारी बनाउन, अवैध रुपमा हुने चोरी–तस्करी नियन्त्रण गर्न र समग्र सीमा सुरक्षालाई मजबुत बनाउन अतिरिक्त जनशक्ति खटाइएको बताए ।

उनकाअनुसार सीमा क्षेत्रको अनुगमनका क्रममा सम्भावित विपद् जोखिमयुक्त स्थानहरूको अध्ययन तथा विश्लेषण समेत गरिनेछ ।

गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षणका क्रममा सीमा क्षेत्रमा थप जनशक्ति परिचालन गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि कैलालीका सीमा क्षेत्रको स्थलगत अवलोकन गर्दै कडाइका साथ नतिजामुखी कार्य गर्न मातहतलाई निर्देशन दिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार