राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्ना सांसद र केन्द्रीय सदस्यहरूलाई सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अनावश्यक रूपमा सिंहदरबारमा नजान र भिडभाड नगर्न निर्देशन दिएका हुन् ।
अत्यावश्यक काम भएमा मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य मन्त्रालयमा जान रास्पपाले केन्द्रीय सदस्य, सांसद र पार्टीका सदस्यहरूलाई निर्देशन दिएको हो ।




प्रतिक्रिया दिनुहोस्