पिएम कप: एपीएफले कोशीलाई दियो २२६ रनको लक्ष्य

सशस्त्र प्रहरी बल (एपीएफ) ले कोशी प्रदेशलाई जारी प्रधानमन्त्री क्रिकेट प्रतियोगितामा २२६ रनको लक्ष्य दिएको छ। 

शुक्रबार टस हारेर पहिला ब्याटिङ गरेको एपिएफ ४७.५  ओरभरमा २२५ रन बनाएर अलआउट भयो। एपीएफको लागि सन्दीप जोराले सर्वाधिक ७२ रन प्रहार गरे। सन्दीपले ९४ बलको सानमा गर्दा ८ चौका र एक छक्का प्रहार गरे।

त्यस्तै, सुमित महर्जन ५७ रन बनाएर आउट भए। ओपनर आशिफ शेख एक रनमा आउट हुँदा कप्तान रोहित पौडेल २० रनमा पेभिलियन फर्किएका थिए। 

कोशीको लागि सुजन थपलियाले ३ विकेट लिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार