आर्थिक क्रियाकलापको विकास नै आर्थिक समृद्धिको आधार हो : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले व्यापार व्यवसाय, उद्योग धन्दा र आर्थिक क्रियाकलापको विकास र विस्तार नै हाम्रो आर्थिक समृद्धिको मूल आधार भएको धारणा व्यक्त गरेका छन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ बनाउन जनताले चाहेको आर्थिक समुद्धितर्फ जुट्नसमेत सबैलाई आह्वान गरे ।

राष्ट्रपति पौडेलले नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वार्षिक साधारण सभा तथा हीरक जयन्ती समारोहलाई शुक्रबार काठमाडाैंमा सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । 

‘मुलुकलाई एउटा जटिल परिस्थितिबाट निकास दिन सफलतापूवर्क सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनले जननिर्वाचित संसद र सरकारलाई सुशासनमार्फत आर्थिक समृद्धि र चुस्त सेवा प्रवाह गरी जनताको जीवनस्तर उकास्न एउटा गहन दायित्व सुम्पेको छ, राज्यको यो दायित्व पूरा गर्न निजीक्षेत्रको पनि त्यतिकै भूमिका हुन्छ, त्यस्तै, निजीक्षेत्रलाई विकासको यो अभियानमा साथमा लिएर सरकारले अघि बढ्न  जरुरी छ भन्ने म ठान्दछु’, उनले भने ।

राजनीतिक स्थिरता आर्थिक समृद्धिको आधार हो भन्दै उनले स्थिर सरकार, स्पष्ट नीति र दिगो रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्ने बताए ।

निजीक्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक रहेको उनको भनाइ थिए । मुलुकको आर्थिक समृद्धि, उद्योग व्यवसायको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजीक्षेत्रको प्रतिनिधिमूलक पहिलो यस संस्थाले निरन्तर दिएको योगदान प्रशंसनीय रहेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार