कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन ‘पूर्वाग्रही’ भएको टिप्पणी गरेका छन् । पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनका आधारमा फौजदारी अभियोग लगाई आफूलाई १३ दिनसम्म नियन्त्रणमा राखिएको उनले आरोप लगाएका छन् ।

“गत भाद्र २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु,” उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

आफूले कानुनको पालना र न्यायमा विश्वास गर्ने उनले बताएका छन् । “बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ,” उनले भनेका छन् ।

कार्की आयोगको प्रतिवेदनका आधारमा यही चैत १४ गते भक्तपुरको कटुन्जेस्थित निवासबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । बिहीबार (चैत २६) बिहान उनलाई हाजिरी जमानीमा रिहा गरिएको छ । पक्राउपछि काठमाडौंको महाराजगन्जस्थित नेपाल प्रहरीको दुई नम्बर गणमा राखिएका उनलाई प्रहरीको जिम्मा लगाइएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार