गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं : नेपाली कांग्रेसका गगन थापालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापन पक्षले पेश गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। 

न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।

यसअघि माघ ६ गते न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले रिटलाई अग्राधिकार दिँदै कारण देखाउ आदेश जारी गरेको थियो। निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्षधरले सर्वोच्चमा रिट दायर गरेको थियो। माघ २ गते थापा नेतृ्त्वको कांग्रेसलाई आधिकारिकता दिने आयोगको निर्णय संविधान,प्रचलित कानुन र कांग्रेसको विधान विपरीत रहेको भन्दै यसलाई बदरको माग गरिएको छ। 

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापालाई आधिकारिकता प्रदान गर्दै कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा दिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार