२७ चैत, काठमाडौं । इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको मृत्यु भएको छ । अप्रिलको सुरूवाततिर घाइते भएका खराजीको उपचारका क्रममा मृत्यु भएको हो ।
इरानका सञ्चारमाध्यमहरूले पूर्वविदेशमन्त्री खराजी मृत्युको समाचार प्रकाशन–प्रशारण गरेको बीबीसीले जनाएको छ ।
खराजीलाई इरानको सत्ता राजनीतिमा एक सुधारवादी नेताका रूपमा लिइन्थो । उनी ‘स्ट्रेटेजिक काउन्सिल अन फरेन रिलेसन्स’ का प्रमुख र दिवंगत सर्वोच्च नेता अली खामेनेईका सल्लाहकारका रूपमा पनि चिनिन्थे ।
खराजीले सन् १९९७ से २००५ सम्म इरानको विदेशमन्त्रीका रूपमा काम गरेका थिए । इरानको सुधारवादी समर्थक जामरान न्युज वेबसाइटले १ अप्रिलमा खराजी आक्रमणमा परी गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा भर्ना गरिएको समाचार प्रकाशित गरेको थियो ।
समाचामार आक्रमणमा उनकी पत्नीको मृत्यु भएको पनि उल्लेख थियो । जामरानले तेहरानमा अवस्थित खराजीको घरलाई निशाना बनाएर आक्रमण गरिएको दाबी पनि गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्