स्टाइपेन्डको माग लिएर इन्टर्न चिकित्सकले भेटे स्वास्थ्य मन्त्री मेहता

काठमाडौं — देशभरका विभिन्न सरकारी तथा निजी मेडिकल तथा डेन्टल कलेजमा अध्ययनरत एमबीबीएस र बीडीएसका इन्टर्न चिकित्सकहरूले स्टाइपेन्ड सम्बन्धी माग उठाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा सिंह मेहतासँग भेटघाट गरेका छन्।

बिहिवार भएको उक्त भेटमा इन्टर्न चिकित्सकहरूको प्रतिनिधिमण्डलले स्टाइपेन्डको न्यूनतम मापदण्ड निर्धारण तथा सबै कलेजहरूमा समान रूपमा लागू गरिनुपर्ने माग प्रस्तुत गरेको थियो।

उनीहरूले इन्टर्नसि अवधिमा सेवा दिँदा आर्थिक असमानता भोग्नुपरेको गुनासो गर्दै यसलाई तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिमण्डलका अनुसार, यसै विषयमा शिक्षा मन्त्रालय तथा श्रम मन्त्रालयमा समेत औपचारिक रूपमा माग दर्ता गरिसकिएको छ।

भेटका क्रममा मन्त्री मेहताले इन्टर्न चिकित्सकहरूको मागलाई गम्भीरतापूर्वक लिएको जनाउँदै सम्बन्धित सचिवहरूसँग छलफल गरी छिट्टै निष्कर्षमा पुग्ने आश्वासन दिएकी छन्। साथै, उनले व्यक्तिगत रूपमा मेडिकल कलेजहरूसँग समन्वय गरी समस्या समाधानतर्फ पहल गरिरहेको जानकारी दिएकी छन्।
इन्टर्न चिकित्सकहरूले सरकारको सकारात्मक पहलको अपेक्षा गर्दै यथाशीघ्र ठोस निर्णय आउने विश्वास व्यक्त गरेका छन्।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार