धनगढी: नयाँ वर्ष २०८३ को स्वागतका लागि धनगढीमा विशेष खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमको तयारी गरिएको छ। ‘द टुविन्स अ कम्प्लीट इन्ष्टिच्युट अफ डान्स’को आयोजना र रकस्टार मिडियाको सहकार्यमा ‘धनगढी पेनाल्टी सुटआउट २०८२’ सञ्चालन हुन लागेको हो। नया वर्षको आगमन सङ्गै सिनियर र जुनियर फुटबल खेलाडी खेल प्रेमिहरु को भेटघाट शुभकामना आदानप्रदान को माहोल दिन आयोजना गरिन लागेको उक्त कार्यक्रममा विभिन्न स्वादिस्ट खाना एव पेय पदार्थ को व्यवस्था गरिको छ । भने यस कार्यक्रमको आकर्षणको रूपमा क्रिकेट खेल प्रेमिहरुको लागी खेल मैदानमै ठूलो प्रोजेक्टर मार्फत आईपिएल (IPL) क्रिकेटको प्रत्यक्ष प्रसारण समेत देखाइने व्यवस्था गरिएअको रकस्टार मिडियाका सञ्चालक जितेन्द्र रावलले जानकारी दिए ।
सञ्चालक रावलका अनुसार नयाँ वर्षको पूर्वसन्ध्या अर्थात् २०८२ चैत्र ३० गते धनगढी क्रिकेट एकेडेमी (DCA) को मैदानमा यो उत्सव आयोजना हुनेछ।
साँझ ५:०० बजेदेखि सुरु हुने पेनाल्टी सुटआउट प्रतियोगिता फुटबल र क्रिकेट दुवै खेल प्रेमीहरूलाई लक्षित गर्दै यो नौलो प्रयोग गरिएको आयोजक पक्षले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूका लागि चैत्र २९ गतेसम्म दर्ताको समय तोकिएको छ। प्रत्येक टिममा जुनसुकै उमेर समूहका ६ जना खेलाडी र २ जना कोचसहित कुल ८ जना हुनुपर्नेछ भने सहभागी टोलीले सम्बन्धित संघ-संस्थाको सिफारिस पत्र अनिवार्य ल्याउनुपर्नेछ। खेलको समयमा मैदानमा रेफ्रिको निर्णय नै अन्तिम हुनेछ।
रकस्टार मिडिया र द टुविन्सले नयाँ वर्षको विशेष उत्सवको रूपमा मनाउनलागेको यस पेनाल्टिसुट मा प्रथम हुने टिमले नगद रु ५१,१११ र दोस्रो हुनेले २१,१११ प्राप्त गर्नेछ्न । धनगढी पेनाल्टि सुट आउट बारे विस्त्रीत जानकारीका र नाम दर्ता गर्नका लागि ९८१४६७२२०९, ९८४८४९५६६१ वा ९८११६१५१०२ मा सम्पर्क गर्न सकिने द टुईन्स डान्स स्टुडियोका सञ्चालक केशब बलायरले बताए।




प्रतिक्रिया दिनुहोस्