श्रम मन्त्रालय तत्काललाई प्रधानमन्त्रीले नै राख्ने

२६ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रिक्त रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि तत्काललाई आफैँसँग राख्ने भएका छन् ।

दीपककुमार साहलाई मन्त्रीबाट पदमुक्त गरेपछि मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर भएको हो ।

मन्त्रिपरिषद्‌मा भएको हेरफेरको सूचना राष्ट्रपति कार्यालयलाई पठाएका छन् । त्यसको आधारमा राष्ट्रपतिले कार्यविभाजन गरेका हुन् ।

दीपककुमार साहलाई प्रधानमन्त्रीले आज बिहीबार नै पदमुक्त गरेका हुन् । पदीय मर्यादाविपरीत कार्य गरेको भन्दै पार्टी (रास्वपा) सभापतिको सिफारिसमा प्रधानमन्त्री बालेन शाहले उनलाई पदमुक्त गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार