रास्वपाले राप्रपालाई गरेको थियो सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव

काठमाडौं– लामो रस्साकस्सीपछि अन्तत: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा उपसभामुख बन्ने भएकी छन् । 

लामालाई उपसभामुख बनाउने प्रस्ताव भने रास्वपाले नै राप्रपालाई गरेको बुझिएको छ । 

सुरुमा राप्रपाबाट उपसभामुखका लागि खुश्बु ओलीको नाम चर्चामा थियो । तर रास्वपा नेतृत्वले नै सरस्वतीको नाम लिएपछि राप्रपाले उनैलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

सुविधाजनक बहुमत भएका कारण रास्वपाको समर्थन पाउँदा राप्रपाकी लामा उपसभामुख बन्ने निश्चित छ । 

अर्कोतर्फ श्रम संस्कृतिले पनि उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार