उपसभामुखबारे रास्वपा र नेकपा आन्तरिक छलफलमा

काठमाडौँ । उपसभामुख चयनमा निर्णायक शक्ति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कुन पार्टीलाई समर्थन गर्ने विषयमा अहिलेसम्म टुङ्गो लगाएको छैन । संसद् सचिवालयले उपसभामुखको निर्वाचन भोलि(शुक्रबार) दिउँसो ४ बजे गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ । 

मनोनयन दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म रहेको छ । त्यसका लागि उम्मेदवारी मनोनयन दर्ताका लागि विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन् । सत्ताधारी दल रास्वपाले कुन दललाई समर्थन गर्ने भन्नेबारे शीर्ष तहमा छलफल जारी रहेको तर निष्कर्षमा नपुगेको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए ।

‘उपसभामुखमा कुन पार्टीलाई समर्थन गर्नेबारे छलफल जारी छ । संसदीय दलको बैठकले टुङ्ग्याउला । अहिले नै हामी निष्कर्षमा पुगेका छैनौँ’, उनले भने ।

रास्वपाबाट उपभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । 

स्रोतका अनुसार नयाँ दल श्रम संस्कृति र राप्रपामध्ये एकलाई समर्थन गर्ने गरी छलफल चलिरहेको छ । यद्यपि संविधान संशोधन, शक्ति सन्तुलन सबै हिसाबलाई मध्यनजर गरेर छलफल केन्द्रित रहेकाले अहिले नै भन्न सक्ने अवस्थामा नरहेको स्रोतको भनाइ छ । 

यता उपसभामुखमा दाबी गरेको नेपाली कम्युनिस्ट पार्टीले कार्य संयोजन समिति बैठकले नै टुङ्गो लगाउने नेता रामकुमार भट्टराईले जानकारी दिए । 

‘अहिलेसम्म कसलाई बनाउने भनेर टुङ्गो लागेको छैन । कार्य संयोजन समिति बैठकले नै टुङ्गो लगाउँछ’, उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार