कञ्चनपुर कारागारमा झडपपछि १५ कैदीबन्दी स्थानान्तरण, विवाद के हो ?

२६ चैत, धनगढी । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएपछि १५ जनाको स्थानान्तरण गरिएको छ । बुधबार आपसी मनमुुटावको विषयमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका थिए ।

झडपमा परेर घाइते भएका तीन जना समेतका १५ जनालाई बुधबार नै नौबस्ता कारागार बाँके स्थानान्तरण गरिएको कञ्चनपुर कारागार प्रशासनले जनाएको छ । जेलर हेमन्ती साउँदले स्थानान्तरणको प्रक्रिया पुर्‍याएर नौबस्ता सरुवा गरिएको बताइन् ।

उनकाअनुसार बुधबारको झडपमा घाइते भएका भुवन नाथ, भुवन ऐर र प्रकाश घरेडीसहितका १५ जनालाई नौबस्ता पठाइएको छ । झडपका क्रममा घाइते भएका अन्य दुुई जना दाजुु दमाई र आयुश बम भने कञ्चनपुरमै छन् । महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि उनीहरु पनि डिस्चार्ज भइसकेका छन् ।

कञ्चनपुर कारागारमा यसअघि गत पुसमा समेत कैदीबन्दीबीच झडप भएको थियो । कारागारभित्र बाहिरबाट मदिरा तथा लागूऔषध भित्र्याउने र महंगोमा कारोबार गरेको विषयमा कारागार चौकीदार र नाइकेबीच विवाद भएको थियो । सोही विवादका क्रममा झडप भएको बताइएको छ ।

तर जेलर साउदले भने बुुधबारको झडपको कारण ‘आपसी विवाद’ भएको बताइन् । अन्य कुरा सुनिए पनि पुष्टि हुन नसकेको उनी बताउँछिन् । ‘गलत कार्य हुन्छन् भन्ने कुरा सुनिन्छ तर अनुुगमन, निरीक्षणका क्रममा हामीले केही भेटाउदैनौँ,’ साउदले भनिन्, ‘हिजोको घटना आपसी विवादमा भएको देखिन्छ ।’

अघिल्लो पटकको झडपपछि पनि ९ जना कैदीबन्दीको सरुवा

अघिल्लो पटक भएको झडपपछि ९ जना कैदीबन्दीको सरुवा गरिएको थियो । कारागार प्रशासनका अनुसार आठ जनाको नौबस्ता र एक जनाको काठमाडौं सरुवा गरिएको थियो ।

झडप हुनुका विभिन्न कारणमध्ये बन्दीगृह चौकीदार विहीन हुनु पनि हो । कारागार प्रशासनले चालु आर्थिक वर्षका लागि चौकीदार नियुक्त गरेका कर्तव्य ज्यान मुुद्दाका प्रकाश बहादुुर मल्लको दाङ सरुवा गरेपछि अर्को व्यक्ति नियुुक्त गरिएको छैन ।

जेलर साउँदले पनि मल्लको सरुवा भएपछि चौकीदार विहीन भएको बताइन् । आर्थिक वर्षको सुरुमा चौकीदार नियुुक्त गर्नुपर्ने प्रावधानका कारण नयाँ व्यक्तिलाई जिम्मेवारी नदिइएको उनी बताउँछिन् । कैदीबन्दीको नेतृत्व गर्ने चौकीदार विहीन भएपछि त्यहाँ रहेका समूहरुबीच प्रभुत्वको लडाइँका कारण आसपी झडपका घटना हुने गरेको बताइन्छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले भने बुुधबार र पुसमा भएको घटनाको कारण भने फरक–फरक भएको बताए । उनले बुुधबार कैदीबन्दी स्थानान्तरण गर्ने क्रममा र अघिल्लो पटक आर्थिक पादरर्शिताको सवाललाई लिएर झगडा भएको सुनाए ।

‘यो दुुवै घटना एउटै होइनन् । हिजो उहाँहरु (कैदीबन्दी) लाई स्थानान्तरण गर्ने क्रममा झडप भएको हो । अघिल्लो पटकको आर्थिक अपरादर्शिताको विषय रहेछ,’ प्रजिअ कोइरालाले भने, ‘कैदीबन्दीको स्थानान्तरण र उनीहरुको आन्तरिक प्रशासन सुधारका काम गरिएकाले अब समस्या छैन ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार