अस्पतालले भन्यो– ओलीलाई तत्काल ‘डिस्चार्ज’ गर्न मिल्दैन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल ‘डिस्चार्ज’ गर्न नमिल्ने अस्पतालले जनाएको छ । हाल उनी काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।

प्रहरीले नियन्त्रणमा लिएपछि स्वास्थ्यमा समस्या देखिँदा उनलाई उक्त अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले बिहीबार (चैत २६) बिहान उनलाई परिवारको जिम्मा लगाएर छाडिसकेको छ ।

ओलीको पित्तथैलीमा समस्या देखिएको छ । पिसाबमा पनि संक्रमण रहेको अस्पतालले जनाएको छ ।

“उहाँ (केपी ओली)को स्वास्थ्यमा सुधार भइसकेको छैन । अझै केही दिन अस्पतालमा चिकित्सकको निगरानीमा राख्नुपर्छ,” अस्पतालका सहप्रवक्ता कालीबहादुर रोस्याराले बाह्रखरीसित भने, “आजै डिस्चार्ज सम्भव छैन ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार