उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा

२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुखको उम्मेदवारबारे छलफलमा जुटेको छ ।

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए ।

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् । अब उपसभामुखमा महिला सांसदले मात्रै उम्मेदवारी दिन पाउँछन् ।

प्रतिनिधिसभामा राप्रपाका पाँच जना सांसद् छन् । त्यसमध्ये खुस्वु ओली र सरस्वती लामा महिला सांसद रहेका छन् ।

संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ । प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ ।

भोलि शुक्रबार निर्वाचन हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार