गाजामा इजरायली हमला, अलजजीराका पत्रकारसहित चार जनाको मृत्यु

कायरो । इजरायली हवाई आक्रमणमा परी गाजा पट्टीमा बुधबार अलजजीराका एक पत्रकारसहित चार जनाको मृत्यु भएको छ। कतारी टेलिभिजन नेटवर्क अलजजीरा र स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार गाजा सिटीमा भएको ड्रोन आक्रमणमा पत्रकार मोहम्मद वाशाह मारिएका हुन्।

 स्वास्थ्य अधिकारीहरूका अनुसार गाजा सिटीको तटीय सडकमा गुडिरहेको एउटा सवारी साधनलाई निसाना बनाएर इजरायलले आक्रमण गरेको थियो। उक्त सवारीमा रहेका पत्रकार वाशाह र अन्य एक प्यालेस्टाइनी नागरिकको घटनास्थलमै मृत्यु भएको छ।

यसअघि फेब्रुअरी २०२४ मा इजरायली सेनाले वाशाहलाई हमासको सैन्य शाखासँग आबद्ध रहेको आरोप लगाएको थियो। तर, हमास र अलजजीरा दुवैले उक्त आरोपको खण्डन गर्दै आएका थिए। अलजजीराले आफ्ना अरबी च्यानलमार्फत वाशाहको मृत्यु ड्रोन हमलाबाट भएको पुष्टि गरेको छ।

 मध्य गाजामा भएको अर्को छुट्टै इजरायली हवाई आक्रमणमा थप दुई जनाको मृत्यु भएको छ। गत अक्टोबरमा अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच भएको हिंसा अन्त्य गर्ने सम्झौता भए पनि दुवै पक्षले एक–अर्कालाई सम्झौता उल्लंघनको आरोप लगाउँदै आएका छन्। उक्त सम्झौता भएयता इजरायली आक्रमणबाट कम्तीमा ७०० जनाको ज्यान गइसकेको छ भने ४ इजरायली सैनिक मारिएका छन्।

पत्रकार संरक्षण समिति (सीपीजे) का अनुसार गाजा, लेबनान र इजरायलमा जारी द्वन्द्वमा अहिलेसम्म २२३ जना पत्रकार र सञ्चारकर्मीले ज्यान गुमाइसकेका छन्।  इजरायली आक्रमणबाट गाजामा २१० प्यालेस्टाइनी पत्रकार, लेबनानमा ११ जना र

हमासको आक्रमणमा २ इजरायली पत्रकार मारिएका छन् । 

सीपीजेले इजरायली सेनाले पत्रकारहरूको हत्यामा अहिलेसम्म कसैलाई पनि जिम्मेवार नठहर्‍याएको भन्दै आलोचना गरेको छ। इजरायली सेनाले भने आफूले केवल लडाकु र सैन्य क्षेत्रलाई मात्र निसाना बनाएको  दाबी गर्दै आएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार