वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबविरुद्ध ब्याटिङ थालेको छ । जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा बिहीबार टस जितेर सुदूरपश्चिमले ब्याटिङ रोजेको हो।
सुदूरपश्चिमका अभिषेक पाल र खडक बोहोरा ओपनिङ ब्याटिङका लागि मैदानमा आएका छन् । सुदूरपश्चिमले चार ओभरमा १४ रन जोडेको छ ।
जारी प्रतियोगितामा अपराजित रहेको आर्मी तालिकाको शीर्ष स्थानमा छ । हालसम्म ६ खेल खेलेको आर्मीले ११ अङ्क बटुलेको छ ।
सुदूरपश्चिम प्रदेश भने तालिकाको दोस्रो स्थानमा छ । हालसम्म खेलेका सात खेलमा पाँच जित हात पार्दै सुदूरपश्चिम प्रदेशले १० अंक बटुलेको छ । दुई टिमबीचको विजेता शीर्ष स्थानमा उक्लनेछ।




प्रतिक्रिया दिनुहोस्