आज उपसभामुखका लागि उम्मेदवारी दर्ता

काठमाडौं- प्रतिनिधि सभा उपसभामुखका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार आज उमेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा आज दिउसो २ः ३० बजे उमेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यसैगरी उपसभामुखको निर्वाचन शुक्रबार हुने गरि सभामुख डिपी अर्यालले मिति तोकेका छन् ।

शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन हुने तय भएको छ । उपसभामुख सभामुख भन्दा फरक दलको हुनुपर्ने भएकाले विपक्षी दलहरुबाट उम्मेदवारी पर्ने भएको छ । संबैधानिक व्यवस्था अनुसार पुरुष सभामुख भएकाले उपसभामुख महिला बन्ने निश्चित छ । प्रतिनिधि सभामा रास्वपा दुई तिहाई बहुमत निकट रहेकाले उसको समर्थन पाउने दलले उपसभामुख पाउने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार