देउवाको अपिल:- “मेरो जीवन खुल्ला पुस्तक हो”

भक्तराज जोशी

पूर्व प्रधानमन्त्री देउवाले सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै आफू र परिवारविरुद्ध भ्रामक र झुटा प्रचार भएको बताएका छन्। उनले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा पेश गरिसकेको जानकारी दिएका छन्।

देउवाले लोकतन्त्र, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताप्रति आफ्नो प्रतिबद्धता जीवनभर रहेको उल्लेख गर्दै आफ्नो जीवनलाई “खुल्ला पुस्तक” जस्तो भएको बताएका छन्। उनले भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो महत्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८भ्रष्टाचार निवारण ऐन २०५९ कार्यान्वयनमा आफ्नो योगदान रहेको बताएका छन्।

हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवाले सत्य तथ्य समयसँगै स्पष्ट हुने विश्वास व्यक्त गर्दै अतिरञ्जित र भ्रामक सूचनाबाट भ्रममा नपर्न सबैलाई अपिल गरेका छन्।

अन्त्यमा उनले “जय नेपाल” भन्दै सबैमा सकारात्मक सोच राख्न आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार