अमेरिका र इरानबिचको दुई हप्ते युद्धविरामको नेपालद्वारा स्वागत

काठमाडौँ । सरकारले अमेरिका र इरानबिच हालै घोषणा गरिएको दुई हप्ते युद्धविराम सम्झौताको स्वागत गरेको छ।  परराष्ट्र मन्त्रालयले एक औपचारिक वक्तव्य जारी गर्दै यस सम्झौतालाई पश्चिम एसियामा बढ्दो तनाव कम गर्ने दिशामा दुई देशबिच भएको सहमतिलाई ‘रचनात्मक कदम’ भनेको छ।

मन्त्रालयले जारी गरेको वक्तव्यमा यो सम्झौताले संवाद, कूटनीति र मतभेदहरूको शान्तिपूर्ण समाधानका लागि महत्त्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गरिएको छ । 

अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधान हुनुपर्छ भन्ने आफ्नो निरन्तरको परराष्ट्र नीति र अडानलाई दोहोर्‍याउँदै नेपालले यस विकासक्रमलाई सो क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने सकारात्मक कदमको रूपमा लिएको जनाएको छ।

साथै, नेपाल सरकारले द्वन्द्वका कारण सिर्जना भएका मानवीय परिणामहरूप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । सरकारले सर्वसाधारण नागरिकको सुरक्षा र उनीहरूको भलाइ सुनिश्चित गर्नु अत्यन्त महत्त्वपूर्ण रहेको कुरामा जोड दिएको छ।

पश्चिम एसिया लगायत विश्वभर नै दिगो शान्ति र स्थायित्व कायम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायले गर्ने सम्पूर्ण प्रयासहरूमा नेपालको निरन्तर साथ र समर्थन रहने प्रतिबद्धता समेत परराष्ट्र मन्त्रालयको वक्तव्यमा जनाइएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार