प्रधानमन्त्री बालेनसँग राजदूतहरूको ‘सामूहिक शिष्टाचार भेट’ : प्रधानमन्त्रीले के भने ?

काठमाडौं । विगतमा भएका कूटनीतिक अभ्यासलाई तोड्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बुधबार काठमाडौंस्थित १७ देशका राजदूतहरूलाई ‘सामूहिक शिष्टाचार भेट’ दिए ।

विगतमा प्रधानमन्त्रीहरूले प्रत्येक देशका राजदूतहरूलाई छुट्टाछुट्टै भेट्थे । कुनै विशषे अवस्थाका बारेमा जानकारी दिन र सहयोग माग्न परेमा ‘कूटनीतिक ब्रिफिङ’का नाममा राजदूतहरूलाई एकसाथ बोलाई सम्बोधन गर्ने गरिन्थ्यो ।

तर, यसपटक बालेन्द्र शाहले यसअघि भइरहेको अभ्यासलाई पछ्याएनन् । उनले सुरुमै आफूसँग भेटवार्ताको समय माग्ने सबैलाई राजदूतलाई एकसाथ भेट्ने निर्णय लिए र यसको तारतम्य मिलायो परराष्ट्र मन्त्रालयले ।

काठमाडौंमा रहेका २८ वटा विदेशी नियोगहरूमध्ये १७ वटा नियोगका प्रमुखहरू बुधबारको सामूहिक शिष्टाचार भेटवार्तामा सहभागी थिए । भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार