वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले दाहाललाई विभिन्न विभिन्न सप्लार्स कम्पनी तथा ठेकेदारको बिल भुक्तानीका क्रममा घुस लिएको पुष्टि हुन आएपछि आज विशेष अदालत काठमाडौंमा आरोप- पत्र दायर गरेको हो। उनीविरुद्ध ९३ हजार ८५० रुपैयाँ विगो माग गरिएको छ।

अख्तियारको टोलीले उनलाई केही दिनअघि १ लाख २० हजार ८५० रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा घुस लिएको पुष्टि हुन आएपछि दाहालविरुद्ध आरोप पत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार